सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

File photo
File photo

सेयर बजारमा सामान्य सुधार देखिएको छ। मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो। 

२०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ। उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो। आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो। 

तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ। 

१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ।
 

प्रकाशित मिति: : 2022-08-23 16:13:00

प्रतिकृया दिनुहोस्