हिमालयन बैंकले २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्ने

File photo
File photo

हिमालयन बैंकले १५ भदौबाट २५ लाख युनिट (इकाइ) ऋणपत्र बिक्री खुला गर्ने भएको छ।

बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ। 

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ। यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ। सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन्।  

ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ। यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ।

बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ। ऋणपत्रमा १९ भदौसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: : 2022-08-23 12:33:00

प्रतिकृया दिनुहोस्