यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

File photo
File photo

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ८१ पैसा र बिक्री दर १२८ रुपैयाँ ४१ पैसा छ। 

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ६४ पैसा र बिक्री दर १५१ रुपैयाँ ३५ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५४ पैसा र बिक्री दर ८७ रुपैयाँ ९५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ४६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पैसा कायम भएको छ।
 

प्रकाशित मिति: : 2022-08-22 10:47:00

प्रतिकृया दिनुहोस्