जापानी प्रधानमन्त्रीलाई कोभिड संक्रमण

File Photo
File Photo

जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड १९ संक्रमण भएको छ। प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्। एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो।

खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए। जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ। कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ।

जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ।

प्रकाशित मिति: : 2022-08-22 06:36:00

प्रतिकृया दिनुहोस्