बोनस सेयर पारित गर्न नागरिक लगानी कोषको सोमबार साधारणसभा बस्ने

File photo
File photo

नागरिक लगानी कोष (सीआइटी) ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा सोमबार गर्ने भएको छ।

सभामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

सञ्चालक समितिको ११ असारमा बसेको बैठकले बोनस तथा नगद लाभांश साधारण सभामा पेस गर्ने निर्णय गरेको थियो।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सीआइटीले २५ साउनमा बुक क्लोज गरिसकेको छ। तसर्थ, २४ साउनसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो।
 

प्रकाशित मिति: : 2022-08-21 12:25:00

प्रतिकृया दिनुहोस्