सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय रुपैयाँ

File photo
File photo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-17 12:31:00

प्रतिकृया दिनुहोस्