तरकारी तथा फलफूलको भाउ

File photo
File photo

आज नेपाली गोलभेँडा ठूलोको भाउ प्रतिकेजी ५० रुपैयाँ रहेको छ। लोकल सानो गोलभेँडा भने २४ रुपैयाँ प्रतिकेजी रहेको छ। यो मूल्य सूचि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि उपलब्ध गराएको मूल्य विवरण अनुसार हो। समितिले हरेक दिन खुद्रा मुल्य विवरण सार्वजनिक गर्ने गर्दछ।

रातो आलु प्रतिकेजी ६० रुपैयाँ भारतको भने ३६ रुपैयाँ मात्रै छ। मुडेको आलु ५४ रुपैयाँ प्रतिकेजी यस्तै बन्दा लोकल ४० रुपैयाँ, स्थानिय काउली ८०, सेतो मुला लोकल १५, हाइब्रीड २५, डल्लो भन्टा ३०, बोडी ६०, मकै ७०, घिउसिमी ९० रुपैयाँ रहेको छ।

यो मूल्यसूचि बजारले तोकेको न्यूनतम मूल्य सूचि अनुसार हो। यस्तैगरी लौका ३० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ घिरौला ४०, काकेको फर्सी ३०, पिडालु ५५, स्कुस ३०, रायो साग १४०, तोरीको साग ४० रुपैयाँ रहेको छ।

प्रकाशित मिति: : 2022-08-17 10:54:00

प्रतिकृया दिनुहोस्