इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

बिएल संवाददाता

इन्डोनेसिया

इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ।    

मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ। सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ।

पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो।

केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। केपीकेको टोलीले उनीहरूमाथि लागेको आरोपसम्वन्धी अरू प्रमाणहरू जुटाउदै गरेको पनि फिक्रिले जानकारी दिएका छन्।   

'धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरूलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,' उन भने।  

पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-08-13 05:53:00

प्रतिकृया दिनुहोस्