सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो

File photo
File photo

सुनको भाउ शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। बिहीबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो।

शुक्रबार चाँदीको भाउ स्थिर छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति: : 2022-08-12 13:23:00

प्रतिकृया दिनुहोस्