एनसीसी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम मौका

एनसीसी बैंकको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी गर्दैछ। बैंकको सेयर खरिदका लागि फारम भर्ने आइतबार अन्तिम दिन हो।

लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ। 

प्रकाशित मिति: : 2022-08-07 11:46:00

प्रतिकृया दिनुहोस्