मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै

मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार (साउन १७ गते) बाँडफाँट हुने भएको छ। 

मंगलबार दिउँसाे ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलले जनाएकाे छ। 

आइपीओ भर्न कतिले दिए आवेदन ?

यो आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन्।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६.५३ गुणा बढी आवेदन हो।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो। यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो। यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ।

कति छ यसकाे रेटिङ ?

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: : 2022-08-01 15:24:00

प्रतिकृया दिनुहोस्