भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य...

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ। 

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको निगमले जनाएको छ। 

यसअघि पनि भारतीय आयल कर्पोरेसनले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर नयाँ सूची पठाएको थियो।

तर, नेपाल आयल निगमले सो सयमा भने मूल्य घटाएको थिएन। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्नेने क्रम जारीनै रहेको छ। 

यो भाउ अझै घट्ने अनुमान छ।  अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य  प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ। 

प्रकाशित मिति: : 2022-08-01 15:12:00

प्रतिकृया दिनुहोस्