सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो 

फाइल तस्वीर
फाइल तस्वीर

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ । 

तेजावी सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ। शुक्रबार छापावाल सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ।आज चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।प्रभावित क्षेत्रमा उद्दारकर्ता परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति: : 2022-07-31 12:03:00

प्रतिकृया दिनुहोस्