इराकको संसद भवनमा छिरे प्रदर्शनकारी (तस्बिरहरू)

Ahmed Saad/Reuters
Ahmed Saad/Reuters

इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन्।

संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरे पनि भीड नियन्त्रण गर्न सकेकाे थिएन। प्रदर्शनीकारीहरू संसद भवन प्रवेश गर्न त्यही काेही पनि  संसद उपस्थित थएनन्।

 

EPA

इराकका वर्तमान प्रधानमन्त्री मुस्तफा अल-काधिमीले प्रदर्शनकारीहरूलाई भवन छोड्न आह्वान गरे पनि प्रदर्शनकारीहरू भने संसदमै गीत गाउँदै, नाच्दै टेबलमाथि बसिरहेका छन्।

इरानमा देशका विभिन्न राजनीतिक गुटहरू बीचको विवादले नयाँ सरकार गठन गर्न बाधा पुर्‍याउने क्रममा ९ महिनाको गतिरोध पछिको अशान्त भनिरहेकाे छ।

REUTERS

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्ने शिया धर्मगुरु सद्रले अक्टोबरको चुनावपछि आफ्नो राष्ट्रवादी सेरोन आन्दोलनको विजय भएको दाबी गरेका थिए। तर, त्यसबेलादेखि नयाँ गठबन्धन निर्माण गर्न असम्भव साबित भएको छ किनकि श्री सदरले प्रतिद्वन्द्वीहरूसँग काम गर्न अस्वीकार गरेका छन्।

यसअघि सदरका समर्थकहरूले सन् २०१६ मा अशान्तिको क्रममा अर्को संसद तोड्ने प्रयास गरेका थिए।

GETTY IMAGES

प्रकाशित मिति: : 2022-07-28 07:50:00

प्रतिकृया दिनुहोस्