तोलामा दुई सय घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाला सुन अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँले घटेको हो। मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो।

प्रकाशित मिति: : 2022-07-27 11:48:00

प्रतिकृया दिनुहोस्