ग्लोबल आईएमई बैंकले बढायो नाफा

File photo
File photo

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

यसैअवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो। 

खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ। यसकोप्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा छ। 

प्रकाशित मिति: : 2022-07-22 13:36:00

प्रतिकृया दिनुहोस्