नेप्से परिसूचक ४.८९ अंकले बढ्याे

File photo
File photo

साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ। बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ।

चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ। तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन। नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ।

अघिल्लो दिन सुधार देखिएको कारोबार बुधबार पुनः घट्न पुगेको छ। १ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिदबिक्री भएको छ। कम्पनीको १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो।

त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनबिमा कम्पनीको ५ करोड २ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ।

प्रकाशित मिति: : 2022-07-20 15:37:00

प्रतिकृया दिनुहोस्