ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड – १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

File photo
File photo

ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को असार २२ गतेदेखि विक्री खुला भएको १२ करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

फण्डले प्रतिइकाई रु १० अंकित मूल्यका रु  १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री खुला गरेको हो। निष्कासन गरिएको उक्त इकाइमध्ये ६ करोड इकाई न्यूनतम विक्री हुनुपर्नेछ।

कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १८ लाख इकाई तथा कोष प्रबन्धकलाई १ करोड ६२ लाख इकाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री गरिएको हो।

आवेदकले १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्मका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ।

प्रकाशित मिति: : 2022-07-20 11:44:00

प्रतिकृया दिनुहोस्