श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

बिएल संवाददाता

कोलम्बो, श्रीलंका
[File: Rafiq Maqbool/AP]

श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ।

आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजपक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ। 

राजपक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन्।  

अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजपक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो। उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए। सिंगापुर सरकारले राजपक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन्। 

आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन्। 

प्रकाशित मिति: : 2022-07-20 06:37:00

प्रतिकृया दिनुहोस्