यूराेपमा हालसम्मै प्रचण्ड गर्मी मङ्गलवार हुने भनिएको छ र त्यस क्रममा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ।
सोमवार सफोकमा ३८.१ डिग्री तापक्रम पुगेको थियो जुन यूकेको सन् २०१९ को कीर्तिमान ३८.७ सेल्सियसभन्दा केही कम थियो।
वेल्समा हालसम्मकै सबैभन्दा उच्च ३७.१ सेल्सियस तापक्रम रह्यो।
मौसमसम्बन्धी कार्यालय मेट अफिसले मध्य, उत्तरी र दक्षिण-पूर्वी इङ्ग्ल्यान्डमा उच्च तापक्रमको चेतावनी दिएको बीबीसीले जनाएकाे छ।
सोमवार स्यान्टन डाउनह्याम, सफोकको तापमान ३८.१ डिग्री सेल्सियस थियो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो।
सन् २०१९ मा केम्ब्रीजमा मापन गरिएको ३८.७ डिग्री सेल्सियस यूकेको हालसम्मको उच्च तापक्रम हो।
त्यसअघि सन् २००३ मा केन्टको फाभरशाको तापक्रम ३८.५ डिग्री मापन गरिएको थियो। त्यसैले सोमवार त्यहाँको हालसम्मकै तेस्रो सर्वाधिक गर्मी दिन र यो वर्षको सबैभन्दा गर्मी दिन बन्यो।
फ्लिन्टशायरको हावर्डेनमा ३७.१ डिग्री सेल्सियस तापमान मापन गरिएको थियो। मौसम कार्यालयको तथ्याङ्कका अनुसार त्यो जुन वेल्सको हालसम्मकै सर्वाधिक उच्च तापक्रम हो।
तको समयमा मध्ये २४-२५ डिग्री सेल्सियसको हाराहारीसहित तापक्रम उच्च रहने पूर्वानुमान गरिएको छ।