बागमती प्रदेशले दियाे प्रहरी प्रमुखलाई साढे ४५ लाख बराबरको ट्राफिक सुरक्षा सामग्री 

शनि शाक्य

हेटौंडा

बागमती प्रदेशले साढे ४५ लाख बराबरको ट्राफिक व्यस्थापन तथा सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। 

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आ.व. २०७८–०७९ को स्वीकृत कार्यक्रमअन्तर्गत उक्त सामानहरु हस्तान्तरण गरिएको हो। 

हेटौंडामा आज एक कार्यक्रमकाबीच बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण प्रसाद शर्माले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यलाईलाई ४५ लाख ४० हजार ७ सय २० रूपैँया बराबरको ३ हजार १ सय १० थान सामग्रीहरु हस्तान्तरण गरेका हुन्।


 

प्रकाशित मिति: : 2022-07-15 11:44:00

प्रतिकृया दिनुहोस्