जिल्ला प्रहरी कार्यालय नवलपरासीले सुरू गर्‍याे दुर्घटना न्यूनिकरणकाे लागि हेल्मेट वितरण अभियान

शनि शाक्य

काठमाडाैं

जिल्ला प्रहरी कार्यालय नवलपरासीले राजमार्गसँग जाेडिएका भित्री सडकहरूमा दुई पाङ्ग्रे सवारी (माेटरसाइकल तथा स्कुटर) दुर्घटना न्यूनिकरणकाे लागि हेल्मेट लगाउने सचेतनात्मक कार्यक्रमकाे सुरूवात गरेकाे छ।

सवारी दुर्घटनामा हुने क्षति न्यूनिकरणकाे लागि सचेतनाका कार्यक्रमसँगै हेल्मेट समेत वितरण गरिएकाे प्रहरीले जानकारी दिएकाे छ। विशेष गरी राजमार्गसँग जाेडिएका भित्री सडकहरूमा विना हेल्मेट सवारी चलाउनेहरूकाे संख्या बढ्न थालेपछि अनुराेधात्मक कारबाही सुरू गरिएकाे प्रहरीकाे भनाइ छ।

त्यस्तै आ.व. २०७९/८० बाट लागू हुने गरी ट्राफिक जरीवानामा पनि नयाँ व्यवस्था गरिएकाे प्रहरीले जनाकाे छ। प्रहरीकाअनुसार अब ट्राफिक नियमकाे उल्लंघन गरेमा रू. ५ हजारसम्म जरीवाना तिर्नु पर्ने छ।

प्रकाशित मिति: : 2022-07-15 07:21:00

प्रतिकृया दिनुहोस्