रतुवामाईको बजेट ७३ करोड २४ लाख

मोरङको रतुवामाई नगरपालिकाले दशौँ नगरसभा मार्फत आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरसभाबाट चालु आर्थिक वर्ष २०७९–०८० का लागि रु ७३ करोड २४ लाख ८१ हजार ९ सय १० रुपैयाँको बजेट गरी सार्वजनिक गरेको हो।

बुधबार दशौँ नगरसभामा रतुवामाईकी उपप्रमुख दमयन्ता चुडालले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। 

अहिले एकमुस्ट बजेट सार्वजनिक भएको र विषयगत बाडँफाँड गर्न बाकी रहेको उपप्रमुख चुडालले जानकारी दिइन्। 

मोरङका १७ मध्ये १६ वटा स्थानीय तहको नगरसभा असार १० गते नै भएपनि रतुवामाईको भने विवादका कारण रोकिएको थियो।

प्रकाशित मिति: : 2022-07-13 21:24:00

प्रतिकृया दिनुहोस्