सुनचाँदीको मूल्यमा गिरावट

File photo
File photo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-13 12:07:00

प्रतिकृया दिनुहोस्