सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

File photo
File photo

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो।

लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। हाइड्रोपावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री खुला गरेको हो। यसले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई निष्कासन गरेको हो।

आईपीओमा एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ भर्न सक्नेछन्।
 

प्रकाशित मिति: : 2022-07-08 11:03:00

प्रतिकृया दिनुहोस्