टर्कीको जङ्गलमा प्रतिबन्ध

Wikipedia
Wikipedia

टर्कीको जङ्गलमा आगोको प्रयोग गर्नु पर्ने कुनैपनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।

जङ्गलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जङ्गलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो। 

यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।

इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएको जानकारी अनुसार इन्धन सम्बन्धी गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ। 

विषेश गरेर जङ्गलमा गएर पकाउने, पोल्ने, आगो बाल्ने लगायतका काम नगर्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन्। 

स्थानीय पार्क, बनभोज जाने ठाउँ, पर्यटकीय क्षेत्र लगायतमा यस्ता गतिविधि धेरै हुने गरेकाले त्यस क्षेत्रमा निगरानी पनि बढाइएको छ ।

पछिल्लो समय जङ्गलमा भएका आगलागीका घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केही जङ्गली जीव जन्तु तथा पक्षीहरू मरेका थिए। 

आगलागीका कारण धेरै वनस्पति जलेर नष्ट हुनुका साथै वातावरणमा पनि धेरै नकारात्मक असर परेको छ।   

प्रकाशित मिति: : 2022-07-05 20:23:00

प्रतिकृया दिनुहोस्