अमेरिकामा सराहना श्रेष्ठको जीतले पायो औपचारिकता, रचिन् इतिहास

नेपाली चेली सराहना श्रेष्ठको ऐतिहासिक जीतले औपचारिकता पाएको छ। उनले न्युयोर्क राज्य १०३ डिस्ट्रिक्टको एसेम्बेली सदस्यका लागि भएको डेमोक्रेटिक  प्राइमरीको निर्वाचन जितेकी छिन्। उनले अर्ली भोटिङ, मेल भोटिङ र निर्वाचनका दिन भएको कुल मत १५ हजार ५८ मतमध्ये  सात हजार सातसय ८४ मत (५१.७ प्रतिशत) मत ल्याइन् भने उनका प्रतिस्पर्धी केभिन चाहिलले सातहजार दुईसय ७४ (४८.३ प्रतिशत)  मत ल्याए।  उनी ५१० मतान्तरले विजयी भएकी हुन्।

यसअघि निर्वाचनका दिन खसेको मत गन्दा सराहानाले ७,७०२ मत (५१.८ प्रतिशत) मत पाएकी थिइन् भने उनका  प्रतिस्पर्धी केभिनले ७,१७३ (४८.२ प्रतिशत) मत प्राप्त गेरका थिए। उनी   मतगणनाको त्यो पिहलो चरणमा ५२९ मतले अगाडि थिइन्।

उनले पराजित गरेका चाहिल बर्तमान एसेम्ब्ली सदस्य हुन् र उनी विगत ३२ वर्षदेखि मिड हड्सन भ्यालीबाटै एसेम्बेली सदस्य थिए। १३ चोटि निर्वाचन जितेका उनी यसपटक भने सोसलिस्ट डेमोक्रेटिक लहरले नराम्ररी बढारिए। 

सराहना डेमोक्रेटिक पार्टीमा बर्नी स्याण्डर्सले नेतृत्व गर्ने  सोसलिस्ट खेमाको प्रतिनिधित्व गर्छिन्। एओसी उपनामले चिनिने त्यही खेमाकी चर्चित सांसद अलेक्सान्ड्रिया अकारसियो कोर्टिनेजले इन्डोर्स गरेकी थिइन्। 

न्युयोर्क १०३ डिस्ट्रिक्टको  मतदाता अंकगणितले सराहना श्रेष्ठ अमेरिकामा नेपाली मूलकी राज्य सांसद हुने पहिलो महिलाको कीर्तिमान नजिक पुगेकी छिन्। यस्तो पहिलो कीर्तिमान भने मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट २०१८ मा निर्वाचन जितेर ह्यारी भण्डारीले बनाइसकेका छन्।

सराहनाको यो जीतले औपचारिकता पाएसँगै  उनका लागि नोभेम्बर ८ मा हुने जनरल इलेक्सनमा डेमोक्रेटिक उम्मेद्वार भएकी छन्। यो जीतले उनको अलबानीको बाटो तय भएको छ।  डेमोक्रेटिक पार्टीको एक छत्र रहेको यस निर्वाचन क्षेत्रमा रिपब्लिकन पार्टीले जित्नु भनेको लगभग असम्भव नै हुन्छ। 

न्युयोर्क १०३ डिस्ट्रिक्टको  मतदाता अंकगणितले सराहना श्रेष्ठ अमेरिकामा नेपाली मूलकी राज्य सांसद हुने पहिलो महिलाको कीर्तिमान नजिक पुगेकी छिन्। यस्तो पहिलो कीर्तिमान भने मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट २०१८ मा निर्वाचन जितेर ह्यारी भण्डारीले बनाइसकेका छन् । डेलिगेट भण्डारी पनि नोभेम्बर ८ मा हुने जनरल इलेक्सनमा दोस्रो कार्यकालका लागि निर्वचानमा छन्। यही जुलाइ १९ मा हुने डेमोक्रेटिक प्राइमरीमा भने उनी अनअपोज्ड रहेका छन्। 

प्रकाशित मिति: : 2022-07-05 08:01:00

प्रतिकृया दिनुहोस्