सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो

File photo
File photo

नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले घटेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ। बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ।
 

प्रकाशित मिति: : 2022-06-30 11:31:00

प्रतिकृया दिनुहोस्