अमेरिकी राष्ट्रपति बाइडेनकी श्रीमती र छाेरीलाई पनि रुस प्रवेशमा निषेध

Photo: Agency
Photo: Agency

रुस–युक्रेन युद्धमा युक्रेनलाई आर्थिक र सैन्य सहयोग गरेको कारण रुसले अमेरिकी राष्ट्रपति जो बाइडेन कि पत्नी तथा अमेरिकी प्रथम महिला जिल बाइडेन र छोरी एसले बाइडेनलाई रुस प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

यिनीहरुको साथै तीन रिपब्लिकन सिनेटर मिच मेककोनेल, सुसन कलिन्स, बेन सासे र डेमोक्रेट सिनेटर कर्स्टन गिलिब्रैंड पनि प्रतिबन्धितहरुको सूचिमा परेका छन्। कुल २५ प्रतिबन्धित मध्ये चर्चित पुस्तक ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’का लेखक जापानी मुलका अमेरिकी नागरिक फ्रान्सिस फुकुयामा पनि रहेका छन्।

रुसको यो प्रतिबन्धको विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच फ्रान्सका राष्ट्रपति एमेनुअल मेक्रोले रुसले युक्रेनमाथि कुनै पनि स्थितिमा विजय प्राप्त गर्न नसक्ने र त्यो हुनु पनि नहुने बताएका छन्। उता रुसले युक्रेनको क्रेमेनचुक शहरमा रहेको एक शपिंग मलमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको रोयटर्स ले जनाएको छ।

प्रकाशित मिति: : 2022-06-30 08:35:00

प्रतिकृया दिनुहोस्