लुम्बिनी प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

लुम्बिनी प्रदेशसभाबाट आगार्मी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट पारित भएको छ। 

असार १ गते प्रदेशसभामा प्रस्तुत भएको बजेट विभिन्न चरणको छलफल गरी   बुधबार प्रदेश सभाबाट पारित भएको हो। 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षका लागि रु. ४२ अर्ब ६३ करोड ७ लाख बजेट ल्याएको थियो।  

यस्तै आज प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सञ्चार विधेयक र खेलकद ऐन २०७६ संशोधनसहित पारित भएको छ।

प्रकाशित मिति: : 2022-06-29 19:47:00

प्रतिकृया दिनुहोस्