मलेसियास्थित नेपाली दूतावास र पत्रकारकाे भेटवार्ता, श्रमिकका समस्या समाधान गर्न दूतावास अग्रसर

बिएल संवाददाता

क्वालालम्पुर

मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोती श्रिषसँग नेपाली पत्रकार टोलीले भेटवार्ता गरेको छ। 

नेपालीहरुको श्रम अवस्थाबारे स्थलगत रिपोटिङमा मलेसिया पुगेका पत्रकार टोलीले राजदुतसँग क्वालालम्पुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।

अन्तरक्रिया कार्यक्रममा मलेसियामा भईरहेको समसामायिक विषयमा छलफल भएको थियो।

उक्त कार्यक्रममा उनले दुतावासको गतिविधी तथा कार्य विवरणका बारेमा जानकारी गराएका थिए।

छलफलमा दुतावासमा कार्यरत सबै कर्मचारीको सहभागिता रहेको थियो।

त्यसैगरी छलफलमा मलेसियामा पछिल्लो समयमा नेपाली श्रमिकहरुका समस्याबारे छलफल भएको थियो।

राजदुत श्रिषले मलेसियामा रहेका श्रमिकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए।

उनले कोरोना कालपछि मात्र १७२८ डिमाण्डमार्फत ७० हजार नेपाली कामदारको मागपत्र निस्केको जानकारी दिए।

दुतावासका लेबर काउन्सिलर दिपक ढकाल, श्रम सहचारी प्रकास पन्थी, दितीय सचिव प्रेमबहादुर थापा, यसु बस्नेत लगायतका पदाधिकारीको सहभागिता रहेको थियो।

कार्यक्रममा श्रमिक समस्याबारे दिपक ढकालले जानकारी गराएका थिए भने मलेसियाको जेलमा रहेका नेपालीहरुको बारेमा यसु बस्नेतले जानकारी गराएकी थिइन्।

दुतावासको तथ्याक अनुसार अहिले मलेसियामा २ लाख भन्दा बढी श्रमिक कार्यरत रहेका छन्।

मलेसियामा पछिल्लो समयमा भइरहेको श्रमिक समस्याको बारेमा स्थलगत रिपोर्टिंगका लागी जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नयाँ सडक दैनिकका सम्पादक ज्ञानप्रसाद पौडेल, साझा सबाल डटकमका प्रधान सम्पादक अनिल अधिकारी, ब्रेकएण्डलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायतको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: : 2022-06-28 20:56:00

प्रतिकृया दिनुहोस्