२० रूपैयाँले घट्याे पेट्रोलको मूल्य

File photo
File photo

पछिल्लाे समय लगातार बढिरहेकाे पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा भएकाे छ। 

शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्यले घटाउने घोषणा भएकाे हाे। 

सरकारको निर्णयसँगै १९९ कायम रहेकाे पेट्रोलको मूल्य १७९ रुपैयाँ हुनेछ। यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकाेमा अब २९ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ।


 

प्रकाशित मिति: : 2022-06-25 12:50:00

प्रतिकृया दिनुहोस्