नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

बिएल संवाददाता

ओस्लो (नर्वे)
Javad Parsa/NTB/Reuters
Javad Parsa/NTB/Reuters

नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ।

सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले  गोलीबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ। प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ। आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन।

ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ। ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ। 

गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ। 

एजेन्सी

प्रकाशित मिति: : 2022-06-25 09:07:00

प्रतिकृया दिनुहोस्