सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन खुला

सिद्धार्थ बैंकले आज ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गरेको हो।

यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यो मध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ। सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो। यसमा वार्षिक १०.७५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ। यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ। सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ।

न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: : 2022-06-24 09:53:00

प्रतिकृया दिनुहोस्