गैरकानूनी रुपमा ‘स्टारबक्स’को नाम बेच्दै बबरमहल क्याफे, नक्कली सामान बेचेर ग्राहक ठग्दै

Breaknlinks
Breaknlinks

विश्वप्रसिद्ध कफी हाउस ‘स्टारबक्स्’को नाममा काठमाडौँको एक क्याफे हाउसले ठगी धन्दा चलाएको खुलासा भएको छ।

बबरमहलस्थित बबरमहल क्याफेले ‘स्टारबक्स’को अनुमति (राइट्स्) नै नलिई गैरकानूनी रुपमा स्टारबक्सका नक्कली सामान बिक्री गरी ग्रहकलाई ठग्दै आएको पाइएको हो।

अमेरिकाको सिएटलस्थित वाशिंगटनमा मुख्यालय रही संसारका ८० देशमा सञ्चालन हुँदै आएको ‘स्टारबक्स्’ नेपालमा सञ्चालनमा रहेकाे पाइएपछि बिएल नेपाली सेवाले अनुसन्धान सुरु गरेको थियो। जसक्रममा बबरमहल क्याफेले गैरकानूनी रुपमा सञ्चालन गरेको र त्यहाँ प्रयोग भएका सामानहरु पनि नक्कली भएको पाइएको हो।

करिब १ महिनादेखि सञ्चालनमा आएको बबरमहल क्याफेले एक हप्तादेखि ‘स्टारबक्स्’को आधिकारीक ब्यानरमा सामान बेच्न सुरू गेरकाे बताएको छ। क्याफेका अनुसार यसले सुरुमा १ हजार २४ वटा ‘स्टारबक्स्’का कप नेपाल भित्र्याएको थियाे। भने, त्यसको फ्लेवर (स्टारबक्स् कफीको स्वाद) नेपालमै पाइन्छ।

यसरी संसारभर प्रख्यात स्टारबक्स नेपालमा खुलेकाे थाहा पाएपछि अहिले धेरै युवायुवतीकाे आकर्षण बसेकाे छ। स्टारबक्सकाे कफी खान र त्यसकाे कपसँग फाेटाे खिचाउन पाउनु पनि धेरै नेपालीले प्रतिष्ठाकाे रूपमा लिन्छन्। यसरी नेपालमा स्टारबक्सले सामान बेच्न थालेकाे थाहा पाएपछि यहाँ दिनहुँ सयाैँकाे संख्यामा मानिसहरू आउन थालेका छन्। भने साेही अनुसार सामाजिक सञ्जालहरूमा पनि यसकाे निक्कै चर्च सुरू भएकाे छ।

नेपालमा स्टारबक्स संञ्चलानमा रहेकाे पाइएपछि बिएल नेपाली सेवाले बुझ्न खाेज्दा दर्ता नै नभएकाे पाइएकाे छ। बबरमहल क्याफेले स्टारबक्स दर्ता प्रक्रियामा रहेकाे त बताएकाे छ। तर, पक्रिया नै पूरा नगरी सञ्चालन गरी उसले ग्राहकलाई ठग्न सुरू गरेका पाइएकाे छ।

यस विषयमा बिएल नेपाली सेवाले अमेरिकास्थित स्टारबक्सकाे मुख्यालयमा बुज्दा नेपालमा आफ्नाे कम्पनी गर्दा नभएकाे बताएकाे छ। उसकाअनुसार स्टारबक्सकाे दर्ता नेपालमा छैन। दर्ता नभएपछि कम्पनीका कुनै पनि सामान उपलब्ध हुँदैनन्। यदि यसरी लागाे र ब्राण्ड प्रयाेग गरेर कसैले सामान बेचेकाे पाइएमा कारबाही गर्ने संकेत स्टारबक्सले बतायाे।

हामीले यस विषयमा थप बुझ्न खाेज्दा बबरमहल क्याफेका सञ्चालक सुवेक्षा रिजाल र निपेष काेइरालालाई बारम्बार सम्पर्कमा ल्याउँन खाेज्दा प्रतिक्रिया दिएका छैनन्।

यसरी अनुमति बिना कुनै पनि ब्रण्ड तथा लाेगाे प्रयाेग गरेर सामान बेच्नु अन्तर्राष्ट्रिय कानुन अनुसार जघन्य अपराध हाे। यस्ताे मामिलामा केही कम्पनीहरूले ठूलाे धनराशी तिर्नु परेका घटनाहरू सार्वजनिक भएकाे छ।

नक्कली सामान दाेब्बर मूल्य

यसरी गैरकानी रूपमा सञ्चालनमा रहेकाे बबरमहल क्याफेले नक्कली सामान पनि स्टारबक्सकाे आधिकारिक मूल्यभन्दा बढीमा बेच्ने गरेकाे पाइएकाे छ। स्टारबक्सकाे लाेगाे टाँसिएकाे एसप्रेसाे कफी उक्त क्याफेमा ३ सय ४० रूपैयाँ पर्छ भने स्टारबक्सकाे आधिकारिक मूल्य २ सय ७५ नेपाली रूपैयाँ मात्रै रहेकाे छ।

त्यस्तै, स्टारबक्सले ३ सय २० नेपाली रूपाैयाँमा बेचिरहेकाे अमेरिकानाे कफी बबरमहल क्याफेले ३ सय ४५ रूपैयाँमा बेच्ने गरेकाे पाइएकाे छ। यसरीले उसले स्टारबक्सका नक्कली सामान पनि चर्चकाे मूल्यमा बिक्री गरेकाे पाइएकाे छ।

प्रकाशित मिति: : 2022-06-23 20:04:00

प्रतिकृया दिनुहोस्