रवि लामिछानेको राजनीतिक यात्राबारे के भन्छन्, सर्वसाधारण ?

ध्रुब बस्याल

काठमाडाैँ

पत्रकारिता क्षेत्रलाई बिट मार्दै राजनीतिक मैदानमा उत्रिएका छन्, चर्चित सञ्चारकर्मी रवि लामिछाने। 

मंगलबार दिउँसाे राष्ट्रिय सभागृहकाे एक समाराेहमार्फत् उनी नेपाली राजनीतिककाे रंगमञ्चमा ओर्लिएका छन्।

समर्थकहरूकाे भीडले भरिएकाे कार्यक्रमबाट उनले राष्ट्रिय स्वतन्त्र पार्टी पनि घोषणा गरेका छन्।

उनले पार्टीकाे विचार र धारणा सार्वजनिक गर्दै क्षमतायुक्त युवाहरूलाई विभिन्न पदमा स्थान दिने बताएका छन्। साथै, लामिछानेले पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका गरेका छन्।

चर्चित सञ्चारकर्मीकाे राजनीतिक यात्रा आरम्भपछि धेरैकाे मनमा कौतुहल्ता उत्पन्न भएको छ। 

आम–मानिसकाे प्रश्न छ– के रवि लामिछानेले पत्रकारिता झैँ राजनीतिमा पनि छलाङ्ग मार्लान्! 

पत्रकारिताकाे आडमा राज्यसत्ता हत्याउन लागिपरेका थुप्रै असफल पात्रहरू हामी–सामु छन्।

र, रवि लामिछाने पनि त्यस्तै एउटा अर्काे चुनाैतीकाे सामना गर्नुपर्ने छ।

उनी देशमा आमुल परिवर्तन गर्ने सोचका साथ राजनितिमा प्रवेश गरेका हुन् या निजी स्वार्थ पूरा गर्न त्याे भने हेर्न बाँकी छ।

तर पछिल्लाे समय उनलाई नियालिरहेका प्रस्ताव–समर्थक के भन्छन्? के अहिले आवश्यकता नयाँ दल हो?

रवि लामिछानेकाे नयाँ दल 'राष्ट्रिय स्वतन्त्र पार्टी' र उनकाे आगामी यात्राबारे राजधानीका सर्वसाधारण यसाे भन्छन्– 

प्रकाशित मिति: : 2022-06-21 21:35:00

प्रतिकृया दिनुहोस्