चीनलाई सबैभन्दा धेरै तेल बेच्ने देश बन्यो रूस

बिएल संवाददाता

किभ, युक्रेन
Getty Images
Getty Images

युक्रेन युद्धबीच रूस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ। भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो।

युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रूसबाट चीनको तेलको आयात ५५ प्रतिशतले बढेको छ।  

मे महिनामा चीनले रूसबाट करिब ८ दशमलब ४२ मिलियन टन तेल आयात गरेको थियो। पश्चिमा देशले जस्तो बेइजिङले रूसी हमलाको निन्दा गरेको छैन्।

यसै वर्षको फेब्रूवरीमा चीन र रूसले दुई देशबीचको मित्रताको कुनै सीमा नभएको जनाएका थिए।

यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङले मस्कोको ‘सार्वभौमिकता र सुरक्षा’लाई समर्थन गर्ने आश्वासन दिएका थिए।

रूसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्।

प्रकाशित मिति: : 2022-06-21 07:54:00

प्रतिकृया दिनुहोस्