अफगानिस्तानमा तालिबान सरकार बनेपछि इरानमा अफगानी बाल मजदुर बढे

khaama

इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ। 

अफगानिस्तानमा तत्कालिन तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो। 

गत सन् २०२१ को अगस्ट १५ मा अफगानिस्तानमा तलिवान विद्रोहीले सत्ता कब्जा गरेका थिए। त्यसपछि इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्क सार्वजनिक भएको छ।

इरानी सञ्चार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार अफगानिस्तानमा तालिबान सरकार बनेदेखि अहिलेसम्म इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या २० गुणा बढेको छ। 

विश्व बाल मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको विवरणमा बाल अधिकारका दृष्टिले बाल मजदुरहरुको सङ्ख्या बढ्नु अत्यन्त चिन्ताजनक भएको उल्लेख गरिएको छ। 

तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि आफ्नो देशमा बस्ने तथा पढ्ने वातावरण नभएको भन्दै उनीहरु इरान गएको पाइएको छ। 

राजनीतिक तथा आर्थिक कारणले अफगानिस्तानका धेरै बयस्कहरु इरान गएको र उनीहरुसँगै बालबालिकाहरु पनि गएकाले इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या बढेको प्रतिवेदनमा लेखिएको छ।

प्रकाशित मिति: : 2022-06-17 05:37:00

प्रतिकृया दिनुहोस्