प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोडको बजेट विनियोजन गरेको छ।

बुधबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट विनियोजन भएको जानकारी दिए।

मन्त्री आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ।

यस्तै, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ उल्लेख गरिएको छ।

विनियोजित बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण अन्तर्गत तीन अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तामा २ अर्ब रहेको उल्लेख छ।

बाँकी अपुग नगद मौज्दातबाट तीन अर्ब ५१ करोड ५५ लाख र वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख बेहोर्ने बताइएको छ।

प्रकाशित मिति: : 2022-06-15 18:17:00

प्रतिकृया दिनुहोस्