गण्डकी प्रदेश सरकारले ३६ अर्ब बजेट ल्याउँदै

File Photo
File Photo

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार बजेट ल्याउन लागेकाे छ।

प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। बुधबार अपरान्ह ४ बजे प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नेछन्।

आगामी वर्षकाे लागि ३६ अर्ब हाराहारी बजेट ल्याउने तयारी बुझिएकाे छ। चालु वर्षभन्दा ६ अर्ब बढी हाे। चालु वर्षमा ३० अर्बको बजेट कार्यान्वयन गरिरहेकाे छ। बहालवाला सरकारकाे यही बजेट अन्तिम हाे।

प्रकाशित मिति: : 2022-06-15 11:26:00

प्रतिकृया दिनुहोस्