१ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य

File Photo
File Photo

सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो। तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2022-06-14 11:21:00

प्रतिकृया दिनुहोस्