सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले वृद्धि

File photo
File photo

सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ। गत साताको अन्तिम दिन  शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ निधारर्ण गरिएको छ। 

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८७२ र चाँदी प्रतिऔंस २२ दशमलव ८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: : 2022-06-12 12:14:00

प्रतिकृया दिनुहोस्