दिनभरी विजुलीकाे तारमा झुण्डिएका माइलाको हेलिकोप्टरबाट उद्धार

ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले उद्धार गरेको हो।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए। बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए।

 बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका उनले दिनभर सबैको ध्यान खिचेका थिए। 

प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली-३ ए को उत्पादन नै बन्द गरेको थियो। उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ। 

यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ। १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ।  

प्रकाशित मिति: : 2022-06-11 19:43:00

प्रतिकृया दिनुहोस्