ख्वप कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक राष्ट्रिय सम्मेलन हुने

File photo
File photo

ख्वप कलेज देकोचा भक्तपुरमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ।

सम्मेलन जेठ २९ र ३० गते दुई दिन हुने कलेजका प्राचार्य रूपक जोशीले बताए। 

दुवै दिन हुने सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाइएको छ। दोस्रो दिन भने चार वटा टेक्निकल सेसन हुने जोशीले बताए। 

पहिलो दिन प्रा. डा. पुष्कर बज्राचार्य, प्रा. डा. धु्रबुकुमार गौतम र डा. रामकुमार फुयाँल र दोस्रो दिन प्रा. डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर विष्ट प्लेनरी सेक्सनमा रहने छन्। सम्मेलनमा ४० जनाभन्दा बढीको प्रस्तुति रहने जनाइएको छ। 

कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले बिहान साढे आठ बजे कलेजमै गर्ने छन्। 

प्रकाशित मिति: : 2022-06-09 18:20:00

प्रतिकृया दिनुहोस्