ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ।
क्यापितालले क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७८-७९ सम्म डिम्याट सञ्चालन गरेबापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेका छन्।
हितग्राहीहरुले असारमसान्त भित्र आइएमई पे, ईसेवा र कनेक्ट आईपीएस, खल्ती डिजिटल बालेट, प्रभु पे र ग्लोबल आईएमई बैंकको ई बैंकिङ मार्फत उक्त शुल्क बुझाउन सक्नेछन्।
तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ । साथै, मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ।