बंगलादेशको डिपोमा विस्फोटः  ४३ जनाको मृत्यु, तीन सय जना घाइते  

Aljazeera
Aljazeera

बंगलादेशको चटगाउँ सहरनजिकै रहेको एउटा डिपोमा भीषण आगलागि हुँदा ४३ जनाको मृत्यु भएको छ भने तीन सय जना घाइते भएका छन्।

सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विष्फोट भएको थियो।

डिपोमा रहेका केही कन्टेनरमा रसायनिक पदार्थ राखिएको स्थानीय सञ्चारमाध्यमले अनुमान गरेका छन्। 

विस्फोटका कारण वरपरका भवन हल्लिएको प्रत्यक्षदर्शीले बताएका छन्।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र शरिर ६० देखि ९० प्रतिशत जलेको प्राप्त विवरणहरूमा जनाइएको छ।

यो सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटर टाढा छ।

सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ। घाइतेहरूमा अग्नि नियन्त्रक र प्रहरीसमेत छन्। आगलागीअघि डिपोमा करिब ६०० जनाले काम गर्दथे।

 

प्रकाशित मिति: : 2022-06-05 13:34:00

प्रतिकृया दिनुहोस्