कोभिडपछि साउदी अरेबियामा पहिलो विदेशी हज तीर्थयात्री पुगे

Photo: Nabeel Turner/The Image Bank/Getty Images
Photo: Nabeel Turner/The Image Bank/Getty Images

इण्डाेनेसियाका हज तीर्थयात्रीहरूको एउटा समूह साउदी अरबको मदिना सहरमा अवतरण गरेको छ।

राज्य मिडिया रिपोर्टका अनुसार आगामी हप्ताहरूमा उक्त समूह पवित्र शहर मक्काको दक्षिणतर्फ यात्रा गर्ने तयारी गरेको छ।

कोरोनाभाइरस महामारीका कारण दुई वर्षपछि राज्य बाहिरका तीर्थयात्रीहरूको पहिलो समूह पवित्र सहर मक्काको यात्रा गरेको राज्यका मिडियाले बताएको छ।

साउदी अरेबियाले यो वर्ष देशभित्र र बाहिरबाट १० लाख मानिसहरूलाई हज गर्न अनुमति दिने गत महिना घोषणा गरेको थियो। जुलाई महिनामा हुने हजमा गत वर्ष लगभग ६० हजार र २०२० मा १,००० भन्दा कम हज तीर्थयात्रीहरु सहभागी थिए।

'आज हामीले यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूह इण्डाेनेसियाबाट प्राप्त गर्यौं। मलेसिया र भारतबाट उडानहरू जारी रहनेछ’, देशको हज मन्त्रालयका मोहम्मद अल-बिजावीले अल-एखबरिया च्यानललाई भने।

महामारीका कारण करिब दुई वर्षको अवरोधपछि बाहिरबाट ईश्वरका पाहुनाहरू पाउँदा खुसी भएको उनले बताए।

इस्लामको पाँच स्तम्भहरूमध्ये एक सबै मुस्लिमहरूद्वारा जीवानमा कम्तिमा एक पटक हज गरिनुपर्छ भन्ने विश्वास छ।

कोरोनाभाइरस प्रकोपअघि विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक मक्कामा हज तिर्थालुहरु सन् २०१९ मा करिब २५ लाख मानिसले भाग लिएका थिए।

प्रकोपको कारण रोकिएको हज विदेशी तीर्थयात्रीहरूबाहेक विश्वभरका मुस्लिमहरूमाझ निराशा पैदा भयो भएको थियो। हजमा भाग लिन मानिसहरुले वर्षौँ बचत गरेका हुन्छन्।

हजले इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरेबियाको वरपरका क्षेत्रहरूमा पाँच दिनमा पूरा हुने धार्मिक अनुष्ठानहरूको एक श्रृंखला समावेश गर्दछ।

हजको आयोजना गर्नु साउदी शासकहरूको लागि प्रतिष्ठाको विषय हो। इस्लामका पवित्र स्थलहरूको संरक्षकत्व उनीहरूको राजनीतिक वैधताको सबैभन्दा शक्तिशाली स्रोत मानिएको छ।

हज यात्रामा सहभागी हुनाले आध्यात्मिक पुनर्जन्म हुन्छ भन्ने मुस्लिमहरुको विश्वास छ। कुरानले न्यायको दिनमा, ईश्वरले व्यक्तिको पाप र असल कामहरूको आधारमा उनीहरूले स्वर्ग वा नरकको सामना गर्नेछन् भनी मान्ने प्रचलन छ। हजलाई विगतका पापहरू सफा गर्ने र नयाँ सुरुवात गर्ने मौकाको रूपमा समेत हेरिन्छ।

महामारीअघि मुस्लिम तीर्थयात्राद्वारा देशको प्रमुख राजस्व मध्य एक हो, जसले वार्षिक रूपमा लगभग १२ अर्व डलर आम्दानी गर्दछ।

प्रकाशित मिति: : 2022-06-05 12:32:00

प्रतिकृया दिनुहोस्