तियानमेनको बल्झिरहने नरसंहार

history.com

३३ वर्षअघि एउटा आन्दोलनलाई शान्त पार्न प्रदर्शनकारीमाथि 'ट्याङ्क' चलाउँदा कम्युनिष्ट सत्ताले हजारौं निहत्था विद्यार्थीको रक्तपातपूर्ण बर्बर नरसंहार गर्‍यो।

सन् १९८९ जुन ४ का दिन चिनियाँ शासनले देखाएको क्रूर दृश्यले बेलाबेला स्वतन्त्रताप्रेमीको मुटु पोल्छ। 

बेइजिङस्थित तियानमेन चोकमा स्वतन्त्रता र प्रजातन्त्र पक्षधर विद्यार्थीहरू चिनियाँ कम्युनिष्ट पार्टीको आदेशमा सेनाको ट्याङ्कद्वारा पेलिएको बेलायती गुप्तचर कूटनीतिक दस्तावेजमा उल्लेख छ।

त्याे बेला शान्तिपूर्ण आन्दोलनमा हजारौं युवा–युवतीहरू सडकमा उत्रिएका थिए। प्रदर्शन बेइजिङ हुँदै सांघाईसम्म फैलिरहेकाे थियाे।

आन्दोलनमा विद्यार्थीसँगै ठूलो संख्यामा मजदुरको पनि सहभागिता रहेको बताइन्छ। प्रदर्शनकारीको एउटै माग थियो– 'शासकीय सुधार र राजनीतिक परिवर्तन'। जतिबेला चीन, ‘आर्थिक, सांस्कृतिक जागरण’को प्रारम्भिक चरणमा थियो।

सन् १९८० को दशकमा चीन ठूलो परिवर्तनबाट गुज्रिरहेको थियो। सत्तारुढ कम्युनिष्ट पार्टीले केही निजी कम्पनी र विदेशी लगानीलाई अनुमति दिन थालेको थाल्याे।

चिनियाँ नेतृत्वले अर्थतन्त्रलाई बढावा दिने र जीवनस्तर उकास्ने भराेसा दिइरहेकाे हुन्थ्याे। तर त्यसाे भइरहेकाे थिएन। अवस्था ठ्याक्कै उल्टाे थियाे। उता विद्यार्थीहरू भने यसले भ्रष्टाचार निम्त्याएको ठान्दथे। सरकारले प्रजातन्त्रकाे घाँटी निमाेठिरहेकाे बताउथे।

जताततैबाट मानिसहरू आन्दोलनमा जोडिन थालेपछि १९८९ को अप्रिल २३ का दिन विद्यार्थीहरूले संयुक्त युनियन स्थापनाको घोषणा गर्छन्। लगतै उनीहरू आन्दोलन जुट्छन्।

सरकारविरूद्ध सडकमा आएकाहरू प्रायः विदेशमा बसोबासहरू गर्थे। सुधारवादीहरूको प्रदर्शन सैनिक नियन्त्रण बाहिर जान थालेपछि मार्शल ल लागू गरियाे। 

प्रदर्शनले उग्र रुप लिन थालेपछि सत्ता झन् क्रूर बन्दै गयो। सेना ट्याङ्कसहित सडकमा निस्कियो। एकाबिहानै आन्दोलनरत विद्यार्थीलाई लखेट्न थाल्यो। प्रदर्शनकारीमाथि गोली बर्साउन थाल्याे। 

जनमुक्ति सेनाको कारबाहीमा हजारौं मानिस मरिरहे। सेनाले कारबाही गरिरह्याे। प्रदर्शनका क्रममा कति मारिए, वास्तविक तथ्यांक आजसम्म कसैलाई थाहा छैन।

चिनियाँ सरकारले स्वतन्त्रता माग्ने मानिसलाई ट्याङ्क र राइफलको निशाना बनाउन बनाइरह्याे।

महिनाैं लामो प्रदर्शनपछि आजैका दिन सेनाको ट्याङ्कले हजारौं विद्यार्थीहरू पेल्दै हिँड्यो। सत्ताले निहत्था नागरिकमाथि बन्दुक र ट्याङ्कद्वारा दबायो।

कम्युनिष्ट पार्टीको यो कारबाहीमा ठूलो संख्यामा दशौं हजार प्रदर्शनकारी मारिएको दाबी छ। तर चिनियाँ सरकारले भने २०० नागरिक र दर्जनौं सुरक्षाकर्मीको मृत्यु भएको मात्रै बताउँछ।

चिनियाँ सेनाको ट्याङ्क रोक्न खोजेका एक युवकको तस्विर आम–सञ्चारमा सार्वजनिक भएपछि तियानमेन विश्वभर चर्चित बन्यो। आज पनि चिनियाँ सेना नरसंहारबारे बोल्न हिचकिचाउँछ। सेनाले प्रदर्शनकारीविरुद्ध आफ्नो शक्ति प्रयोग गर्ने तरिकाले ३३ वर्षपछि पनि आलोचना भइरहेको छ।

चीनका लागि तत्कालीन बेलायती राजदूत एलन डोनाल्डले लन्डनमा पठाएको एउटा पत्रमा ‘कम्तीमा १० हजार सर्वसाधारण मारिएका थिए’ भनेका छन्। 

तियानमेन नरसंहारसँग सम्बन्धित कागजातहरू बेलायतले राष्ट्रिय अभिलेखालयमा सजाएर राखेकाे छ। हङकङ ब्याप्टिस्ट युनिभर्सिटीका प्रोफेसर जीन पीए काब्स्टेनले बेलायती तथ्याङ्क भरपर्दो रहेको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-06-04 09:01:00

प्रतिकृया दिनुहोस्