यूक्रेनको २० प्रतिशत भूभाग रूसद्वारा कब्जा

AP Photo

रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ।

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले भने, 'हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ।'

देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ।

यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउँदै आएको छ।

लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनुपर्ने बताएका छन्। उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-06-03 05:56:00

प्रतिकृया दिनुहोस्