युएई र टर्कीबाट दश महिनामा नेपाल आयो ४२ सय ४८ केजी सुन, बाहिरियो ३० अर्ब रुपैयाँ

file photo
file photo

चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन भित्रिएको छ। 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो। 

सो मूल्यमा ४ हजार २४८।५ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ। 

नेपालमा युनाईटेड अरब इमिरेट्स ९युएई० र टर्कीबाट सुन आउने गरेको छ। 

विभागको तथ्याङ्क अनुसार पछिल्लो दश महिनामा युएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ। यस्तै, सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल आएको छ। 

गत आर्थिक वर्ष २०७७र७७ मा युएई र टर्कीबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५१ हजार रुपैयाँको ३ हजार ९२४ केजी सुन भित्रिएको थियो। 

प्रकाशित मिति: : 2022-05-24 14:08:00

प्रतिकृया दिनुहोस्